नवलपुर । नेपाली काँग्रेसका युवा नेता तथा वडा नं. ९ का वडा सदस्य धामनाथ सापकोटाले आगामी स्थानीय तहको निर्वाचनमा वडा अध्यक्षमा उठ्ने तयारी गरेको बताउनुभएको छ ।नेपाली काँग्रेसको तर्फबाट वडा सदस्यमा निर्वाचित भएका सापकोटाले वडा नं.९ मा लोकप्रिय वडा सदस्यको रुपमा परिचय बनाउनुभएको छ ।

पाँचवर्षको अनुभवले वडाबासीका समस्याहरुलाई समाधान गर्न अध्यक्षकै भूमिकामै बसेर काम गर्नुपर्ने अवस्था देखिएकोले बैसाख ३० गतेको लागि तोकिएको निर्वाचनमा आफुले वडा अध्यक्षमा उमेदवारी दिने सापकोटाको भनाई छ ।वडाबासीका सबै समस्यालाई समाधान गर्न, वडा नं. ९ लाई बेराजगार मुक्त बनाउन, तथा पूर्ण साक्षर वडा बनाउका लागि मैले वडा अध्यक्षमा उमेदवारी दिने निर्णय गरेको छु सापकोटाले भन्नुभयो : वडाबासी सबैको मत र मन पाउनेमा विश्वास छ ।

नेपाली काँग्रेसका नगर क्षेत्र र जिल्लाका नेताहरुले टिकट वितरणका क्रममा आफुुलाई न्याय गर्नेमा विश्वस्त रहेको युवा नेता सापकोटाले बताउनुभयो ।जनप्रतिनिधीमा निर्वाचित भएर आएपछि सापकोटाले वितेको पाँचवर्षको अवधिमा तलवभत्ता वापतको ६ लाख २९ हजार ३ सय ५७ रुपैया समाजिक काममा खर्च गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया