कावासोती । नवलपुरमा क्रियाशिल राजनैतिक दलहरुबिचको समन्वय बैठकले स्थानिय निर्वाचन २०७९ मा चुनाब प्रचार समय बिहान ८ बजेदेखी ७ बजेसम्म मात्र गर्ने निर्णय गरेको छ ।
जिल्ला प्रशासन कार्यालय नवलपरासी पुर्वमा प्रमुख जिल्ला अधिकारी समुन घिमिरेको अध्यक्षतामा सोमबार बसेको बैठकले चुनाब प्रचार प्रसार कार्यक्रम गर्दा बिहान ८ बजेदेखी साझ ७ बजेसम्म मात्र गर्ने व्यबस्था मिलाउने निर्णय गरेको हो ।
बैठकमा स्थानिय तह निर्वाचन २०७९ लाई प्रभाबकारी रुपमा सम्पन्न गर्न निर्वाचन आयोग नेपालबाट भएका निर्णयहरु र आयोगबाट जारी भएको निर्वाचन आचारसहिता २०७८ लाई पुर्ण रुपमा कार्यान्वय गर्ने निर्णय गरिएको छ ।
जसका लागि मतदान स्थल/केन्द्रसम्म जाने सडक मर्मत गर्ने खानेपानी शौचालयको व्यबस्था गर्ने निर्णय गरेको छ । जस्तै चुनाब संग सम्बन्धित कुनै पनि जुलुस भेला गर्नुभन्दा अगाडी ७२ घण्टा अगाडी स्थानिय प्रशासनलाई जानकारी गराउनुपर्ने जिल्ला प्रशासन कार्यालय नवलपुरले जनाएको छ ।