×

सुस्मा न्यौपाने
नवलपुर । नेकपा एमालेका केन्द्र र जिल्ला स्तरीय नेताहरुले आगामी स्थानीय तहको निर्वाचनमा गैँडाकोटका सबैजसो वडाहरुमा एमालेका उमेदवारहरु विजयी हुने दावी गरेका छन् ।नेताहरुले परमादेशको आर्शिवादमा बनेको बर्तमान सरकारले देश र जनताका पक्षमा काम गर्न नसकेको, मंहगी र भ्रष्टाचारले सिमा नाघेको भन्दै त्यसको हिसाव अवको चुनाव मार्फत जनताले दिने बताए ।

नेकपा एमाले गैँडाकोट नगरकमिटी वडा नं. ८ ले आज आयोजना गरेको बृहत पािर्ट प्रशिक्षण तथा मित्रमिलन कार्यक्रममा बोल्दै एमाले नेताहरुले आउदै गरेको चुनावमा गैँडाकोटका सबै वडाहरुमा एमालेले विजयीको झण्डा फहराउने बताए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि समेत रहेका नेकपा एमालेका केन्द्रीय सदस्य तथा नवलपुर सहईन्चार्ज रविन्द्र अधिकारीले बिकासले फड्को मार्नको लागि एमालेकै नेतृत्वमा सरकार हुुनुपर्ने कुरा इतिहासले देखाएको बताउनुभयो । उहाँले चुनावको प्रचारप्रशारमा लाग्न कार्यकतालाई निर्देशन दिदै गठबन्धन सरकारको रबैया बारे जनताका घरदैलोमा पुुगेर बुझाउनु पर्नेमा जोड दिनुभयो ।

जिल्ला अध्यक्ष मुक्तिराम पाण्डेले जनताका समस्याहरु समाधान हुनेगरि स्पष्ट योजना बनाएर चुनावी अभियानमा होमिन आग्रह गर्नुभयो । नेकपा एमलेको सरकारका पालामा भएका राम्रा कामहरुको जनस्तरमा प्रचार र बर्तमान परामादेशको भरमा बनेको सरकारका जनविरोधी कामहरुको बारेमा तल्लोतहसम्म प्रचारप्रसार हुनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा बोल्दै नेकपा एमाले गैँडाकोट ८ का अध्यक्ष श्रीहरी चालिसेले एमालेलाई वडामा बलियो बनाउन संगठन निर्माण तथा टोल कमिटी गठन कार्य सकिएको बताउनुभयो । उहाँले गैँडाकोट ८ को एमलेको प्रोपाईल बनाउने कार्यको सुरुवात भएको भन्दै पार्टिलाई जिताउन कुनै कसुर बाँकी नराख्ने प्रतिवद्धता ब्यक्त गर्नुभयो ।

सो अवसरमा नेकपा एमालेका केन्द्रीय सदस्य कृष्ण पौडेल, सल्लाहकार दिपक अधिकारी, सचिवालय सदस्य ज्ञानहरी पौडेल जिल्ला सदस्य गोपाल गौतम, जेष्ठ कम्युनिष्ठ मञ्चका सचिव त्रिवेणी प्रसाद शर्मा, मञ्चका सदस्य टंक चापागाई एमाले नेता लगायत जिल्ला कमिटीका सदस्यहरु, जनवर्गीय संगठनका पदाधिकारीहरु लगायतको सहभागिता रहेको थियो ।

कार्यक्रममा एमाले नेताहरुको फागुपर्वको अवसरमा एक आपशमा अविर साटसाट गरि शुुभकामना आदान प्रदान गरेका थिए । कार्यक्रममा सास्कृतिक कार्यक्रमको जिल्ला सल्लाहाकार सदस्य राजु सापकोटाले गर्नुभएको थियो ।

 

तपाईको प्रतिक्रिया