काठमान्डौ । निजी तथा आवासीय विद्यालय अर्गनाईजेशन नेपाल (प्यावसन) को १५ औ राष्टिय महाधिवेशनमा नवलपुरका शैक्षिक व्यक्तित्व गोपेन्द्र केशरी न्यौपानेले केन्द्रीय उपाध्यक्ष उमेदवारी दिनुभएको छ ।यहि चैत्र ९ र १० गते हुन काठमान्डौमा हुन गैरेहको महाधिवेशनम न्यौपानेले केन्द्रीय उपाध्यक्ष पदमा उमेदवारी दिनुभएको हो ।
प्याब्सनका पूर्व केन्द्रीय सदस्य समेत रहनुुभएका न्यौपाने नवलपुरको गैँडाकोटमा रहेको नमुना कलेजको प्रिन्सीपल समेत हुनुहुन्छ । शिक्षा क्षेत्रमा यस क्षेत्रको धरोहरको रुपमा परिचित न्यौापनेले नवलपरासीमा २०५८ सालदेखि २०६४ सम्म प्याब्सनको जिल्ला अध्यक्ष भएर काम गरिसक्नु भएको छ ।
निजी विद्यालयहरुमा थुुप्रै समस्याहरु ती समस्याहरुलाई समाधान गर्न मैले फेरिपनि प्याब्सनको भुुमिकामै रहेर काम गर्नुपर्ने देखियो उहाँले भन्नुभयो : देशभरबाट आउने प्रतिनिधिहरुको मत पाउनेमा म ढुक्क छु। ३० वर्षदेखि प्याब्सनमा आवद्ध रहनुभएका न्यौपानेले प्याब्सनलाई थप उचाईमा लैजानका लागि आफुले भूमिका खेल्ने बताउनुभयो ।
काठमाडौको राष्टिय प्रज्ञा प्रतिष्ठानमा चैत्र ९ र १० गते समपन्न हुने प्याब्सनको राष्टिय महाधिवेशनले २७ पदाधिकारी र ३९ केन्द्रीय सदस्य सहित ६६ सदस्यीय नयाँ कार्यसमिति चयन गर्नेछ । पन्ध्रौ राष्टिय महाधिवेशनका लागि देशभरबाट २३७६ प्रतिनिधिहरु सहभागी हुने प्याब्सनले जनाएको छ ।



उज्यालो खबर




