नवलपुर । नेपाली काँग्रेसका गैँडाकोटका सभापति बद्री सापकोटाले बैशाख ३० गतेका लागि तय भएको स्थानीय तहको निर्वाचनमा आफु मेयर पदमा उमेदवारी दिने बताउनुभएको छ । काँग्रेस युवा नेता सापकोटाले पार्टिलाई बलियो बनाउन र विगतको विरासतलाई जोगाउनका लागि आफु नै मेयर पदको स्वभाविक उमेदवार भएको बताउनुभयो ।
नवलपुरको लोकप्रीय अनलाईन मिडिया उज्यालो खबरका लागि आज अन्तर्वाता दिदै उहाँले पार्टिको मिसन र भिजनलाई पुरा गर्नका निम्ति आफु सक्षम रहेको समेत प्रष्ट पार्नुभयो ।स्थानीय तहको निर्वाचनको मिति नजिकिदै गएपछि आफ्नो नेृतत्वमा नगरका १८ वटै वडाहरुमा वडा सम्वाद कार्यक्रम मार्फत पार्टि कार्यकर्ताका गुनासाहरु टिपोट गरिएको भन्दै ती कुराहरुलाई हल गर्नेतर्फ आफु लागेको उहाँले बताउनुभयो ।
पार्टिका अग्रजहरुको सिफारिसमा नगरवासीले दिएको मतका आधारमा आफुले अवको गैँडाकोटको नगरप्रमुखको नेतृत्व गर्ने भन्दै सापकोटाले गैँडाकोटलाई विकासको नमुना नगर बनाउने योजना आफुसँग रहेको बताउनुभयो ।अव राजनितिको नेतृत्व युवाहरुको काँधमा आएको बताउदै नेता सापकोटाले अग्रजलाई सम्मान गर्दै युवाहरुलाई अगाडि बढाउनुपर्छ भन्ने आवाज सबैतिर देखिएको बताउनुभयो ।युवाहरुको जोश र जाँगरलाई प्रयोग गर्दै उनिहरुलाई आत्मनिरर्भर बनाउदै काँग्रेसले काम गर्नुपर्ने बेला आएको बताउनुभयो ।
काँग्रेसको तर्फबाट गैँडाकोट नगरपालिकाको मेयर पदका लागि हालका उपमेयर विष्णुकुमारी कंडेल सापकोटा, मदनभक्त अधिकारी, दोर्ण बन सन्यासी, तारापाति खरेल लगायतकाे नाम चर्चामा रहेकाे काँग्रेस स्रोतले जनाएको छ ।