×

गैँडाकोट । गँडाकोट नगरपालिका वडा नं. १ का वडा सदस्य राजेन्द्रप्रसाद उपाध्यायले नेपाली काँग्रेसको साधारण सदस्य समेत नरहने गरि राजिनामा दिएका छन् ।नेपाली काँग्रेसको कृयाशील सदस्य उपाध्यायले नेपाली काँग्रेसको साधारण सदस्य समेत नरहने गरि काँग्रेस जिल्ला कार्यसमितिलाई राजीनामा पेश गरेका हुन् ।

उनले संघीय क्षेत्रीय सभापति, प्रदेश क्षेत्रीय सभापति, नगर सभापति, वडा सभापतिलाई राजिनामा पत्र बोधार्थ गरेका छन् ।नेपाली काँग्रेस निष्ठाबाट नचलेको भन्दै उपाध्यायले काँग्रेसभीत्र बस्न ठीक नभएको भन्दै राजिनामा दिएको बताएका छन् । तल्लो तहमा कार्यकर्ता जुधाउने र माथि नेतृत्वले टाउको मिलाउने प्रवृत्ति काँग्रेसभिन्न हाबी रहेको भन्दै उपाध्यायले राजिनामा दिएको बताए ।

तपाईको प्रतिक्रिया