×

नवलपुर । नवलपुरको देवचुली नगरपालिकामा सन्चालन भईरहेको तेस्रो देवचुली महोत्सवमा टिकट दर एकरुपता नभएको भन्दै स्थानीयले चर्को असन्तुष्टि व्यक्त गरेका छन ।गत फागुन १६ गते देखि सन्चालन भएको तेस्रो देवचुली महोत्सवमा सुरुको दिन देखि फागुन २६ गते सम्म प्रवेश टिकटको मूल्य १०० रुपिया लिने गरिएकोमा शुक्रबार २ सय लिएको र आज शनिबार ३ सय रुपियाको प्रवेश टिकट लाग्ने भनेर प्रचारप्रसार गरिएको छ ।

शनिबारको टिकट दर ३ सय भनेर प्रचारप्रसार भए पछि यस विषयमा कुरा गर्दा देवचुली उद्योग वाणिज्य महासंघका अध्यक्ष रेशमलाल सापकोटाले शुक्रबार केही समय २ सय लिएको तर आफुहरुले थाहा पाए पछि सय नै कायम गरिएको र आज शनिबार पनि टिकटको दर सय नै हुने बताए । “हिजो प्राविधिक कुराले त्यस्तो भयो आज हुदैन टिकट दर सय रुपिया नै हो”, सापकोटाले बताए । आयोजक र ठेकेदार बिच समन्वयमा कमि भएकाले समस्या आएको बताउदै सापकोटाले अब त्यस्तो नहुने बताउछ्न । सापकोटाले यस्तो बताईरहदा शनिबारको टिकटको प्रचारप्रसार भने ३ सय लाग्ने भएको स्थानीयहरु बताउछ्न ।

।उद्योग वाणिज्य संघका केन्द्रिय सदस्य एवं जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष अमृत भट्टचनले टिकट मूल्य त्यसरी बढाईएको भए त्यो गलत भएको बताए । जिल्ला भित्र मेला महोत्सव गर्दा एउटा मापदण्डमा टिकट लिने गरिएको हुन्छ त्यो भन्दा बाहिर गएर टिकट शुल्क बढाउन नपाईने भट्टचन बताउछ्न ।

नवलपुरका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरे सँग यस विषयमा कुराकानी गर्दा आफु यो विषयमा जानकार नभएकोले थप बुझ्ने बताए ।

तपाईको प्रतिक्रिया