×

चितवन । चितवनमा वडाध्यक्षलाई दुर्व्यवहार गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय टाँडीका अनुसारे कालिका नगरपालिका वडानम्बर ३ का वडाध्यक्ष टीका रिजाललाई दुर्व्यवहार गरेको आरोपमा दुई जनालाई पक्राउ गरिएको हो ।

सेवाग्राहीसँग बसिरहेका बेला वडाध्यक्ष रिजालमाथी फागुन २३ गते वडा कार्यालयमै गएर ६र७ जनाले दुर्व्यवहार गरेको थियो । त्यस्तै प्रकाउ पर्नेमा भण्डाराका गुणराज श्रेष्ठ र सागर राई रहेका छन् । पक्राउ परेका मध्ये श्रेष्ठ नेकपा समाजवादीका चितवन जिल्ला सदस्य हुन् ।

तपाईको प्रतिक्रिया