×

नवलपुर । नेपाली काँग्रेस नवलपुरकाे सभापतिमा शेखर काेइराला समूहका नेता महेन्द्रध्वज जिसी सर्वसम्मत निर्वाचित भएका छन । सभापतिमा उमेदवारी दिएका बालकृष्ण घिमिरेले साे पदमा नामावली फिर्ता लिएपछि जिसी सर्वसम्मत भएका हुन् । घिमिरेलाइ उपसभापतिमा लैजाने नेताहरुविच सहमति कायम भएकाे छ ।

सर्वसम्मत सभापतिमा चयन भएपछि उज्यालो खबरसँग कुरागर्दै नेता जिसीले सबैलाइ मिलाएर अघि बढ्ने प्रतिकृया दिएका छन । उज्यालोखबरसँग कुरा गर्दै नवनिर्वाचित सभापति जिसीले काँग्रेस बलियाे बनाउनु आफ्नो मूख्य दायित्व हुने बताए  ।

कांग्रेसमा ४२ वर्षदेखि सक्रिय जिसी पहिलोपटक कांग्रेसको जिल्ला सभापति चयन भएका हुन् । उनी ३०३६ सालपछि २ पटक तत्कालीन जिल्ला पञ्चायतका सभापति र दुईपटक प्रतिनिधिसभामा निर्वाचित भइसकेका व्यक्ति हुन् ।

 

तपाईको प्रतिक्रिया