×

गैँडाकोट । नवलपरासी( पूर्व)को गैँडाकोटमा रहेको गैँडाकोट ईङलिस स्कुलले फागुन २० गते मिनी म्यारथन (दौड) को आयोजना गरेको छ ।
विद्यालयमा चलिरहेको स्पोर्टस कार्नेभल अन्तर्गत  शुक्रबार बिहान ७ वजेदेखि ३.७ किलोमिटर दुरीको मिनि म्यारथनको आयोजना गरेको विद्यालयका प्राचार्य हिरालाल अर्यालले जानकारी दिनुभयो ।

विद्यालयको प्रागंणबाट सुरु हुने म्यारथनमा कक्षा ८, ९ र १० का १६ जना छात्र छात्राहरु सहभागि हुनेछन् । विद्यार्थीहरुलाई शारिरिक र मानसिक रुपमा समेत बलियो बनाउनको लागि म्यारथन सहयोगी बन्ने विद्यालयले जनाएको छ ।गैँडाकोट ईङलिस स्कुलमा चलिरेहको स्पोर्टस कार्नेभलको अन्तिम दिन म्यारथनको आयोजना गरिएको हो । स्पोर्टस कार्नेभल अन्तर्गत विद्यालयका प्लेग्रुपदेखि कक्षा ११ सम्मका विद्यार्थीहरुले विभिन्न खेलकुदमा सहभागी भैरहेका छन् ।

विद्यार्थीहरुलाई नयाँ नयाँ तवरबाट ज्ञान आर्जन गर्ने तरिका सिकाउँदै आएको गैँडाकोट नगरपालिकाको पहिलो बालमैत्री विद्यालयका रुपमा परिचित गैँडाकोट ईङ्लिस स्कुलले लगातार दुइपटक अन्तराष्ट्रिय स्कुल अवार्ड प्राप्त गरि यस क्षेत्रमा आफुलाई अब्बल सावित गरेकाे छ ।

 यस्ताे छ म्याराथनकाे रुट !

तपाईको प्रतिक्रिया