×

चितवन ।  नेपाली काँग्रेस चितवनको शुक्रबार हुन लागेको अधिवेशनमा डा। शेखर कोइराला समूहको आधिकारिक उमेदवार राजेश्व खनाल हुने भएका छन । सो समूहको बैठकले खनाललाई नै आधिकारिक उमेदवार बनाउने निर्णय गरेको हो ।

आफ्नो समूहको आधिकारिक उमेदवार खनाल भएकाले सोहि अनुसार अघि बढ्न जिल्लाबाट केन्द्रिय सदस्य भएका र अन्य प्रभावशाली नेताहरुलाई सर्कुलर भइसकेको छ । डा। शेखर कोइरालाको आधिकारिक उमेदवार खनालको मुख्य प्रतिसपर्धा अब प्रदेश मत्री मिलनबाबु श्रेष्ठसंग हुनेछ । श्रेष्ठ प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवा निकट नेता हुन ।

उनलाई जिताउन संघिय मन्त्री एवं केन्द्रिय सदस्य उमेस श्रेष्ठ, बागमती प्रदेश सभापति ईन्द्रबाहदुर बानियाँ र केन्द्रिय सदस्य अञ्जनी श्रेष्ठ लगायत खुलेरै लागेका छन । यसअघि बुधवार कोइराला समूहको साझा उमेदवार तय गर्न केन्द्रिय सदस्य अर्जुननरसिंह केसी लगायतले पहल गरेका थिए ।बिहिबार मनोनयन दर्ताको क्रम सकिएपछि शुक्रबार बिहान ९ बजेदेखि नारायणी कला मन्दिरमा मतदानको कार्यक्रम तय भएको छ ।

तपाईको प्रतिक्रिया