
गैँडाकोट । नवलपरासी (पूर्व)को गैँडाकोटमा फागुन २१ ग्तेदेखि सुरु हुने राष्ट्रिय स्तरको क्रिक्रेट प्रतियोगितको प्रचारप्रसारका लागि फागुन २०गते मोटरसाइकल र्याली निकालिने भएको छ । । नवजागरण ग्रामीण विकास केन्द्र गैँडाकोट ९ थुम्सीको आयोजनामा फागुन २१ गतेदेखि २५ गतेसम्म आयोजना गरिएको ‘प्रथम गैँडाकोट मेयर कप टि–ट्वान्टी क्रिक्रेट प्रतियोगिता २०७८’ को प्रचारप्रसारका लागि २० गते विहान मोटरसाइकल र्यालीको आयोजना गरिएको कार्यक्रम संयोजक धामनाथ सापकोटाले बताउनुभयो ।
विहान १० गते खेलमैदान गैँडाकोट ९ थुम्सीबाट निकालिने मोटरसाइकल र्याली नारायणी नदी किनारसम्म पुग्ने उहाँले बताउनुभयो ।
केन्द्रका अध्यक्ष रामचन्द्र सापकोटाले नगरमै पहिलो पटक क्रिक्रेटको ठूलो धनराशी सहितको प्रतियोगिता आयोजना गर्न लागिएको भन्दै क्रिकेट खेलमा गण्डकी प्रदेशका ६ जिल्ला तथा नवलपरासी पश्चिम र चितवन सहित आठ जिल्लाबाट खेलाडीहरु सहभागी बताउनुभयो ।
नवलपुर,बाग्लुङ,पर्वत,नवलपरासी,तनहुँ, स्याङ्जा, कास्की र चितवनको टिमवीच प्रतिस्पर्धामा हुने र उद्घाटन खेल नवलपुर र वाग्लुङवीच हुने आयोजकले जानकारी दिएको छ ।प्रतियोगितामा विजेता टिमले २ लाख र उपविजेताले १ लाख ५० हजार नगद सहित कप,मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्।
त्यस्तै अन्य विभिन्न विधा म्यान अफ द सिरिजलाई १० हजार,इमर्जिङ प्लेयरलाई ७ हजार,बेस्ट ब्याट्स म्यान,बेस्ट बलर,बेस्ट किपर,बेस्ट फिल्डरलाई ५/५ हजार र म्यान अफ द म्याचलाई १ हजार पाँच सय नगद सहित कप,मेडल र प्रमाणपत्र प्रदान गरिने प्रतियोगिताका सहसंयोजक विनोद कंडेलले जानकारी दिनुभयो ।
नव जागरण खेलकुद मैदानमा हुने प्रतियोगिताको मुख्य प्रायोजक जयश्री फुड्स प्रा.लि. रहेको छ ।प्रतियोगितामा ओवि इन्जिनियरिङ्ग, एम्स एब्रोड एजुकेशन प्रायोजक, दक्षिणकाली फ्यूल र यूनाइटेड पोलिस्याक्स प्रालि सह–प्रायोजक रहेका छन् ।