×

नवलपुर । नेकपा एमालेका युवा नेता छत्रराज पौडेल स्थानीय विभाग प्रमुखमा चयन हनुभएको छ । आज बसेको नेकपा एमाले नवलपुरको बैठकले जिल्ला सदस्य समेत रहेका पौडेललाई स्थानीय विभाग प्रमुखको जिम्मा दिइएको हो ।

नेकपा एमाले गैँडाकाटका उपाध्यक्ष नवराज कंडेलका अनुसार नेता पौडेललाई पार्टीको गैँडाकोटको ईन्चार्ज समेत तोेकेको छ । गैँडाकोट नगरपालिकाका नगरप्रमुख समेत रहेका पौडेल नेकपा एमालेभित्र लोकप्रीय नेताको रुपमा चिनिनुहुन्छ । बैठकले सहईन्चार्जमा तेजेन्द्र प्रसाद सापकाेटा र शिवहरी पाैडेललाइ चयन गरेकाे छ ।

तपाईको प्रतिक्रिया