काठमाडौँ–आइसीसी टि–२० विश्वकप ग्लोबल छनोट ‘ए’ प्रतियोगिता आजदेखि ओमानमा सुरु हुँदैछ । विश्वकप प्रवेशको महत्वपूर्ण यस प्रतियोगिताको पहिलो खेलमा आज नेपालले घरेलु टोली ओमानसंग भिड्दै छ । खेल नेपाली समय अनुसार विहान ११ः४५ बजे अलमरेटमा सुरु हुदैछ ।

नेपाल युवा लेगस्पिरन सन्दीप लाछिानेको कप्तानीमा मैदान उत्रिदैछ भने ओमान अलराउण्डर जिसन मस्कुदको कप्तानीमा उत्रिदैछ । आजको खेल दुवै टिमलाई महत्वपूर्ण रहेको छ । यस खेलको जितले समूहको शीर्ष स्थानमा रहने मौका मिल्न सक्छ । समूह ‘बी’ मा नेपालसंगै ओमान, क्यानडा र फिलिफिन्स रहेका छन् । समूह ‘ए’मा आयरल्याण्ड, युएई, जर्मनी र बहराईन रहेका छन् ।

यी दुई समूहको शीर्ष दुई टिम सेमीफाइनलमा भिड्ने छने भने फाइनल पुग्ने टिम यसैवर्ष अष्ट्रेलियामा हुने विश्वकपमा सहभागिता जनाउन पाउने छन् ।

यस प्रतियोगिता अघि ओमानले आयोजना गरेको चार देशीय सिरिजमा नेपालले ओमानलाई ६ विकेटले पराजित गरेको थियो । यसले नेपाली खेलाडीहरुको मनोबल उच्च बनाएको छ । नेपालका कप्तान सन्दीपले आजको खेलमा उत्कष्ट टोली उतार्ने बताएका छन् । सिरिजमा नेपालले गरेको गल्ती सुधार गर्दै छनोट प्रतियोगितामा उत्कृष्ट सुरुवात गर्ने बताएका छन् ।

प्रतियोगिता अन्तरगत आजै अन्य तीन खेल पनि हुँदैछन् ।विहान ११ः४५ बजे क्यानडा र फिलिपिन्स भिड्दै छन् भने, दिउँसो ३ः४५ बजे आयरल्याण्ड र युएई, जर्मनी र बहराईन भिड्दै छन् ।

 

तपाईको प्रतिक्रिया