
विराटनगर ।गठबन्धनका उम्मेदवारलाई हराँउदै प्रदेश नं १ मा नेकपा एमालेका उम्मेद्वार सोनाम ग्याल्जेन शेर्पा राष्ट्रिय सभामा विजयी भएका छन्।अल्पसङ्ख्यक कोटाबाट उम्मेदवार बनेका उनले प्रदेशसभाका ४२ जना र १५२ जना स्थानीय तहका जनप्रतिनिधिको मत पाएका हुन्।
४ हजार ७ सय ५२ मतभार उनले प्राप्त गर्दा गठबन्धनका हेमराज राईले ४९ प्रदेशसभातर्फ र स्थानीय तहका ११३ जनाको मत प्राप्त गरे।जसपाका उनको कूल मतभार ४ हजार ३ सय ८६ मत भएको छ गठबन्धनतर्फ धेरै मत भए पनि जसपाका राईले कम मत पाउँदा एमाले उम्मेद्वार शेर्पा विजयी बनेका हुन् ।