चितवन। मालपोत कार्यालय भरतपुर चितवनले आजदेखि सबै सेवाहरु बन्द गरेको छ । सेवा प्रवाहको क्रममा मालपोत कार्यालयका कार्यालय प्रमुखसहित चार जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि सेवा बन्द गर्नुपरेको मालपोत कार्यालय चितवनले जनाएको छ ।
संक्रमित कर्मचारीको सम्पर्कमा आएका अन्य कर्मचारीहरु होम आइसोलेसनमा बस्न परेको हुनाले सेवा प्रवाह सुचारु गर्न नसकिएको जनाईएको छ । मालपोत कार्यालय चितवनले जारी गरेको सूचनामा कार्यालयको आन्तरिक तथा प्रशासनक कार्यबाहेक कार्यालयका अन्य सेवाहरु माघ १६ गतेसम्म स्थगित गरिएको जनाइएको छ ।