×

काठमाडौं । नेकपा एमालेले स्थानीय तहको निर्वाचन पर धकेल्न नपाइने बताएको छ ।एमाले अध्यक्ष केपी शर्मा ओलीले आज विज्ञप्ति जारी गर्दै स्थानीय तहको निर्वाचन सम्बन्धमा कुनै पनि अलमल, धोखा र बहानाबाजी स्वीकार्य नहुने जनाएका छन् ।

यद्यपि जुनसुकै बेला निर्वाचन भए पनि सामना गर्न तयार रहेको बताउँदै ओलीले भनेका छन्, ‘हाम्रो स्पष्ट अडान छ– यस बहानामा स्थानीय तहको निर्वाचन पर धकेल्न पाइँदैन ।’

तपाईको प्रतिक्रिया