तनहुँ- बन्दीपुर गाउँपालिकामा जिप पल्टिँदा ९ महिनाकी शिशु सहित ६ जनाको मृत्यु भएको छ । ८ जना घाइते भएका छन् ।

आँबुखैरेनी घुमाउनेबाट साराङघाट हुँदै बन्दीपुर जाँदै गरेको जीप वडा नम्बर ६ हटिया नजिकै बाक्से भन्ने ठाउँमा भीरबाट खसेको हो ।

सधैं हिँडि रहने रुटमा ग१ज ६५५५ नम्बरको जिप भीरबाट खसेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । चार जनाको घटनास्थलमै मृत्यु भएको र बाँकी दुई जनाको उपचारका लागि बन्दीपुर अस्पताल पुर्‍याउँदै गर्दा मृत्यु भएको हो ।

९ महिने शिशु आरुबी थापा, २४ वर्षीय रोशन गुरुङ, ५३ वर्षीय हरिबहादुर न्यौपान, ४८ वर्षीय सुशीलादेवी न्यौपाने, ४८ वर्षीय सन्तबहादुर गुरुङ र ५० वर्षीय विमाया गुरुङको मृत्यु भएको छ । मृत्यु हुने सबै जना वडा नम्बर ६ कै छन् ।

जिप आँबुखैरेनीको घुमाउनेबाट बुद्धसिंह मार्ग हुँदै बन्दीपुरतिर गुडिरहेको थियो । हटिया गाउँ आइपुग्नुभन्दा ५० मिटरअघि मात्र उकालोमा जीप ब्याक भएर खसेको हो ।

तपाईको प्रतिक्रिया