नवलपुर । जिल्ला प्रशासन कार्यालय नवलपुरले कोरोना भाईरस नियन्त्रणका लागि जिल्ला भित्र सार्वजनिक स्थलमा भिडभाडका गतिविधिहरु नर्गन आग्रह गरेको छ ।सार्वजनिक स्थलहरुमा २५ जना भन्दा बढी भेला हुनेगरि मेला, भेला तथा महोत्सवहरु गर्न प्रतिवन्ध लगाएको छ ।

प्रमुख जिल्ला अधिकारी सूमन घिमिरेले जारी गरेको आदेशमा माघ ७ गतेदेखि सार्वजनिक सेवा प्राप्त गर्न खोप कार्ड अनिवार्य भनिएको छ । कार्यालय, होटल, सिनेमा हल, रंगशाला, हवाईयात्रा, पार्क आदिमा प्रवेश गर्दा अनिवार्य रुपमा खोपकार्ड देखाउनुपर्ने भनिएको छ ।
साथै जिल्लाका सबै गाँउपालिका र नगरपालिकमा सेवा लिनको लागि समेत खोप कार्ड अनिवार्य रुपमा देखाउनुपर्ने सिडिओको आदेशमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया