चितवन । पश्चिम चितवन पत्रकार मञ्च गठन गरिएको छ ।आज भरतपुरमा भएको पश्चिम चितवनका पत्रकारहरुको भेलाले हेमराज रिमालको अध्यक्षतामा ११ सदस्यीय कमिटी गठन गरेको हो ।प्रेस चौतारी नेपाल चितवन शाखाका सचिव मुकुन्द भूषालको प्रमुख आतिथ्यतामा भएको भेलाले कमिटीको उपाध्यक्षमा प्रतिमा कुमाल, सचिवमा हिरालाल आचार्य (डायमण्ड), सहसचिवमा समिर चापागाईं, कोषाध्यक्षमा सुनिल पौडेल चयन गरेको छ ।कमिटीको सदस्यहरुमा ऋषिराम रेग्मी, प्रकाश लामिछाने, हरिहर भूषाल, सिसम महतो, लोकनाथ भूषाल, माधुरी बराल रहेका छन् ।

प्रमुख अतिथि भूषालले पश्चिम चितवनको समग्र विकास, यस क्षेत्रको समाचार प्रकाशनका लागि यस क्षेत्रका पत्रकार एकिकृत भएर लाग्नु धेरै राम्रो काम भएको बताए ।भेलाले मञ्चको सल्लाहकार समितिमा रामशरण गैह्रे, छबिलाल न्यौपाने, किशोर खनाल, प्रदिप घिमिरे, अपिल घिमिरे र मुकुन्द भूषाललाई चयन गरेको अध्यक्ष हेमराज रिमालले जानकारी दिए ।

रिमालले पश्चिम चितवनमा थुप्रै पत्रकार भए पनि यस क्षेत्रका समाचारहरु मिडियामा कम आउने गरेको बताउँदै पश्चिम चितवनका विषयवस्तुलाई समेट्न यो मञ्च गठन गरिएको बताए । यो भूगोलका आधारमा मञ्च गठन गरिएको बताउँदै उनले पश्चिम चितवनमा स्थायी बसोबास गरी पत्रकारिता गर्ने सम्पूर्णलाई यो मञ्चमा आउन आह्वान गरेका छन् ।आगामी बैठक माघमा बस्ने र पश्चिम चितवनका सबै पत्रकारलाई समेटेर मञ्चलाई अगाडि बढाउने निर्णय गरिएको सचिव हिरालाल आचार्य (डायमण्ड) ले जानकारी दिए ।

तपाईको प्रतिक्रिया