चितवन । कोरोना कोभिड १९ को कारण देखाउँदै नेकपा एमाले चितवन जिल्ला अधिवेशन स्थगित भएको छ । सरकारले आजदेखि लागु हुनेगरी भेला,मेला महोत्सव र सभा सम्मेलनमा कडाइ गरेपछि एमाले चितवनले निर्वाचन स्थागित गरेको जनाएको छ ।
२३ गते उद्घाटन सत्र र २४ गते बन्दसत्र संचालन भएको अधिवेशनमा जिल्ला नेतृत्वसहित पदाधिकारीमा सहमती जुट्न नसकेपछि छलफलका लागि भन्दै एक दिनका लागि निर्वाचन प्रक्रिया स्थगित गरिएको थियो ।
एमाले चितवनकी अध्यक्ष पार्वती रावलले जिल्ला प्रशासन कार्यालय चितवनको अनुरोधका आधारमा पार्टी कार्यालयमा आज हुने भनिएको भेला स्थगित गरिएको हो ।जिल्ला नेतृत्व छान्न सहमतीका लागि आज पनि नेताहरु छलफलमा जुटेका छन् ।