चितवन ।  नेशनल कंक्रिटले आफ्नो उत्पादलाई बजारमा ल्याएको छ । उद्योगले औपाचारिक रुपमा शुक्रबारबाट आफ्नो उत्पादनलाई बजारमा ल्याएको हो । पूर्वी चितवनको राप्ती नगरपालिका वडा नम्बर ९ मा उद्योग स्थापना गरि कंक्रिट उत्पादन गर्दै आईएको छ ।आईएसओ ९००१÷२०१५ प्रप्त सो उद्योगले क्रर्भ स्टोन(बाटोको लेन छुट्याउन प्रयोग गरिने) इन्टरलक पेभर(मोजाक टाइल, रेक्टो वेवर, हेक्स पेवर, युनिपेवर, स्वायर टायल, व्लक) कंक्रिट इट्टा उत्पादन गर्दै आएको छ ।

बिगत एक वर्ष ६ महिना देखि सञ्चालनमा आएको सो उद्योगमा चितवन र नवलपरासीका १० जना युवा व्यवसायीहरुको लगानी रहेको छ । कंक्रिटका अध्यक्ष इन्द्रप्रसाद पौडेलका अनुसार रु १५ करोड भन्दा वढिको लगानीमा उद्योग सञ्चालनमा आएको हो । यस व्यवसायमा इन्जीनियर, चाटर एकाउन्टेन र युवा व्यवसायीहरुको लागानी रहेको छ । अत्याधुनिक युरोपियन प्रबिधिबिाट उत्पादिन सो उद्योगको उत्पादनको मुख्य वजार चितवन, पोखरा, काठमाडौं वुटवल संगै अन्य जिल्लाहरु रहेका छन् ।
चितवन, मकवानुर र आसपासका जिल्लामा पहिलो पटक सञ्चालनमा आएको सो उद्योगमा थोरै जनशक्तिको प्रयोग गरिएको उद्योगका निर्देशक इ. कमल घिमिरेले जानकारी दिनुभयो । घिमिरेका अनुसार ठूला निर्माण आयोजनाका लागि आबश्यक पर्ने कंक्रिट उत्पादन हुँदै आएको छ । नेदरल्याण्डमा १९५० बाट सुरु भएको यस प्रबिधिको नेपालमा पहिलो पटक प्रयोग गरिएको सो अबसरमा जानकारी दिइएको थियो ।

प्रबन्ध निर्देशक सरोज अधिकारीका अनुसार आफ्नै प्रयोगशालाबाट गुणस्तर परिक्षण गरि ¥यापिङ गर्दै वजारमा उत्पादन ल्याइएको हो । पाँच वर्षको ग्यारेन्टि सहित उद्योगले सामाग्री वजारमा ल्याएको उहाँले जानकारी दिनुभयो ।उद्योगको बिषयमा जानकारी दिन आयोजना गरिएको सो कार्यक्रममा कोमल अधिकारीले उत्पादनका बिषयमा जानकारी दिनुभएको थियो । कार्यक्रममा उद्योग संघ चितवनका अध्यक्ष त्रिलोचन कंडेलले औद्योगिक क्षेत्र संगै निर्माण संग जोडिएर वनेको यस उद्योगको सफलताको कामना गर्नुभयो ।

तपाईको प्रतिक्रिया