चितवन । प्रेस चौतारी नेपाल जिल्ला शाखा चितवनको सातौँ जिल्ला अधिवेशन आइतवार भरतपुरमा हुने भएको छ ।भरतपुर महानगरपालिका वडा नं. १० स्थित तारापुञ्ज रिसोर्टमा हुने जिल्ला अधिवेशनको विहान १० वजे प्रेस चौतारी नेपालका केन्द्रीय अध्यक्ष गणेश बस्नेतले उद्द्दाटन गर्ने शाखा अध्यक्ष सुवास पण्डितले जानकारी दिए ।

अधिवेशनमा जिल्ला शाखा चितवनका करिव १५० सदस्यहरु सहभागी हुने कार्यक्रम छ । अधिवेशनले आगामी तीनवर्षका लागि नयाँ नेतृत्व समेत चयन गर्ने कार्यक्रम छ । चाैतारीकाे नयाँ विधान अनुसार पदाधिकारीमा अध्यक्ष, दुई उपाध्यक्ष, सचिव, काेषाध्यक्ष र दुई सहसचिवकाे व्यवस्था गरिएकाे छ ।

 

तपाईको प्रतिक्रिया