काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमवार नेप्से परिसूचक अघिल्लो कारोबार दिनको तुलनामा ६९ दशलमव ७७ अंक अर्थात् २ दशमलव ६९ प्रतिशतले घटेको छ ।यो दिन नेप्से परिसूचक २ हजार ५२१ दशमलव ६५ मा झरेको हो । यो दिन कारोबारमा आएका २३८ ओटा धितोपत्रको १ करोड २ लाख ९२ हजार २२६ कित्ता शेयर रू। ५ अर्ब ६० करोड ७४ लाख ३९ हजार ६७० मा खरीदविक्री भएको छ ।

कारोबारमा आएका ती धितोपत्रमध्ये दुई ओटा धितोपत्रको मूल्यमा सकारात्मक सर्किट लागेको छ । गोखार्ज फाइनान्स र मध्य भोटेकोशी जलविद्युत् कम्पनीको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा यो दिन १० प्रतिशतका दरले वृद्धि भएसँगै सकारात्मक सर्किट लागेको हो ।गोर्खाज फाइनान्सको शेयरमूल्य प्रतिकित्ता रू।८७६ दशलमव ७० र मध्य भोटेकोशी जलविद्युत् कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू।१२१ पुगेको छ ।

यो दिन सबैभन्दा बढी जोशी हाइड्रोपावरका शेयरधनीले धेरै गुमाएका छन् । कम्पनीको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा यो दिन ८ दशमलव ५४ प्रतिशतले घटेसँगै शेयरधनीले सर्वाधिक गुमाएका हुन् । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू। ३०० मा झरेको छ ।त्यसैगरी घलेम्दी हाइड्रोपावर कम्पनीको शेयरमूल्य ८ दशमलव २१ प्रतिशत घटेर रू।३०२ मा झरेको छ ।

यो दिन सर्वाधिक शेयर खरीदविक्री नबिल बैंकको भएको छ । उक्त कम्पनीको रू। ३० करोड ६० लाख बराबरको शेयर खरीदविक्री भएको हो । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू। १ हजार ४९९ कायम भएको छ । सर्वाधिक शेयर खरीदविक्री हुने दोस्रोमा शिवम् सिमेन्ट रहेको छ ।

उक्त कम्पनीको रू। २६ करोड ३७ लाख बराबरको शेयर खरीदविक्री भएको हो । कारोबारमा आएका १३ ओटा समूहको परिसूचक घटेसँगै समग्र नेप्से परिसूचक घटेको हो । सबैभन्दा बढी निर्जिवन बीमा कम्पनीको परिसूचक ५ दशमलव १५ प्रतिशतले घटेको छ । आइतवार भने उक्त समूहको परिसूचक ८ दशमलव १७ प्रतिशतले बढेको थियो ।

त्यसैगरी बैंकिङ समूहको परिसूचक १ दशमलव ५६ प्रतिशत, व्यापार समूहको परिसुचक २ दशमलव ५३ प्रतिशत,होटल एण्ड टुरिजम समूहको १ दशमलव ३७ प्रतिशत,विकास बैंक समूहको ३ दशमलव ९२ प्रतिशत,हाइड्रोपावर समूहको ३ दशमलव ८३ प्रतिशत,वित्त समूहको ३ दशमलव ३१ प्रतिशत,उत्पादन तथा प्रशोधन समूहको १ दशमलव ७२ प्रतिशतले घटेको छ ।
यस्तै अन्य समूहको ४ दशमलव ६२ प्रतिशत,लघुवित्त समूहको २ दशमलव ३७ प्रतिशत,जीवन बीमा समूहको १ दशमलव ९९ प्रतिशत, म्युचुअल फण्ड समूहको शून्य दशलमव शून्य ६ प्रतिशत र लगानी समूहको परिसूचक ३ दशमलव ७३ प्रतिशतले घटेको छ ।

सोमवार लगानीकर्ताहरुले नाफा बुक गरेसँगै नेप्से परिसूचक घटेको छ । चार दिनदेखि लगातार बढेको बजारमा अल्पकालिन लगानीकर्ताले नाफा बुक गरेको पाइएको छ ।

केहि दिन अगाडि अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकले तरलता सहज र आयातमा कडाई हुने गरी नीतिगत व्यवस्था गरेपछि शेयर बजारमा सकारात्मक प्रभाव परेको हो । त्यसो त शेयर बजारमा बजार घटबढ भइरहन्छ । करेक्सन हुँदै अगाडि बढेको बजार बलियो हुने बजार विश्लेषकहरु बताउँछन् ।

तपाईको प्रतिक्रिया