नवलपुर । किसान बचत तथा ऋण सहकारी संस्था नवलपुरको २६औं साधारणसभा निर्णय पुस्तिका प्रमाणित कार्यक्रम एवम् रजत वर्ष सम्मान कार्यक्रम शनिवार सम्पन्न गरेको छ । गत मंसिर १८ गतेबाट सुरु भएको २६औं साधारणसभा अन्तर्गत शनिवार समापन सहित निर्णय पुस्तिका प्रमाणित कार्यक्रम एवंम् रजत वर्ष सम्मान कार्यक्रम गरिएको हो । ७ वटा इकाईबाट आएका सुझावहरुलाई निर्णय पुस्तिकामा प्रमाणित गरिएको हो ।
कार्यक्रममा किसान राष्ट्रिय पुरस्कार सहकारी विद् तथा पूर्व गृह राज्यमन्त्री दिपक प्रकाश बास्कोटालाई प्रदान गरिएको किसान बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष श्रीहरी चालिसेले जानकारी दिनु भयो उक्त पुरस्कारको राशी ५१ हजार नगद सहित दोसल्ला र सम्मानपत्र रहेको थियो । पुर्वि नेपालको पाँचथर स्थित रानीटारमा जन्मनु भएका बास्कोटा सहकारीको क्षेत्रमा परिचित नाम हो । प्रत्येक ३-३ वर्षमा प्रदान गरिने यस पुरस्कार यस अघि कैलाश भक्त प्रधानागंलाई प्रदान गरिएको थियो ।
त्यसैगरी किसानले रजत वर्षको अवसरमा स्थापनाकालका ३२ जना सदस्यहरुलाई सम्मान गरको छ । यस्ते विभिन्न विधामा सर्वाेत्कृष्ट वर्ष कर्मचारी ७ जनालाई पनि विशेष प्रशंसा पत्र सहित सम्मान गरिएको थियो भने रजतवर्षको अवसरमा किसान परिवारसँग जोडिएका सर्वे सेवा केन्द्रका सम्पुर्ण १ सय ७२ कर्मचारीलाई प्रशंसा पत्र सहित सम्मान गरिएको थियो त्यसैगरी सेवाकेन्द्र संयोजक सम्मान एकजनालाई, सञ्चालक सम्मान एकजनालाई, उपसमिति सदस्य सम्मान एकजनालाई तथा एम्वुलेन्स खरिदमा सहयोग गर्ने ४२ जना दाता र एम्वुलेन्स चालकलाई समेत सम्मान गरियो ।

तपाईको प्रतिक्रिया