चितवन । भरतपुरको बाइपास रोडमा बसले मोटरसाइकललाइ ठक्कर दिँदा एक जनाको मृत्यु भएकाे छ भने  एक जना घाइते भएका छन।मृत्यु हुनेमा चितवन खैरेनी २ बस्ने बर्ष ५५ का रामहरि श्रेष्ठ रहेका छन ।

उनको उपचारका क्रममा साँझ ७ भरतपुर मेडिकल कलेजमा मृत्यु भएको थियो। । सोहि मोटरसाइकलमा सवार सोहि स्थान बस्ने बर्ष ५४ का पुरन श्रेष्ठको उपचार भइरहेको चितवन प्रहरीले जनाएको छ।

साँझ साढे ६ बजेको समयमा आँपटारिबाट मालोपत चोक तर्फ जादै गरेको ना १ क ४७९८ नम्बरको अर्किड कलेजको बसले सोही दिशातर्फ जादै गरेको ना ६१ प ४४०८ नम्बरको मोटरसाइकललाइ ठक्कर दिएको हो।कलेज बस र चालक प्रहरी नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया