नवलपरासी । नवलपरासी (पश्चिम) प्रहरीले २३ बर्षदेखि फरार रहेका १ जना अभियुक्त पक्राउ गरेको छ । २०५५ फागुन १९ गते नवलपरासी जिल्ला अदालतबाट लागु औषध मुद्धामा फैसला भई तत्काल १ बर्ष, ६ महिना कैद सजाय र रु ५ हजार जरिवाना तोकिएका प्रतापपुर गाँउपालिका वडा नं.८ का त्रिलोकी केवटलाई प्रहरी चौकी पांचपेडाबाट खटिएको प्रहरी टोलीले आज पक्राउ गरेको हो ।

केवटलाई आवश्यक कारवाहीको लागि नवलपरासी जिल्ला अदालतमा पेश गरिएकोमा अदालतको आदेशले कैद भुक्तानको लागि केवट आजै कारागार चलान भएको डिएसपी प्रेम बहादुर शाहीले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया