नवलपुर । भारतबाट अवैध रुपमा भन्सार छली नेपाल तर्फ ल्याउदै गरेको अन्दाजी १ लाख ४४ हजार मुल्य बराबरको ३६० थान चरेसको गिलास नवलपरासी (पश्चिम) प्रहरीले बरामद गरेको छ ।

उक्त अवैध सामान (चरेसको गिलास) प्रहरी चौकी गेर्मीबाट खटिएको प्रहरी टोलीले आज बिहान ०६ः३० बजेको समयमा जिल्लाको पाल्हिनन्दन गाउँपालिका वडा नं. ४ लुतपुरवा स्थितबाट बरामद गरेको हो ।

उक्त सामान भारतबाट भन्सार छली मोटरसाईकलमा राखि नेपाल तर्फ ल्याउदै गर्दा प्रहरी टोलीलाई देखि सामान छाडि मोटरसाईकल सहित मानिस भागेका थिए । उक्त बरामद सामान आजै आवश्यक कारवाहीकोलागि महेशपुर भन्सार कार्यालय बुझाईएको प्रहरी नायव उपरिक्षक प्रेम बहादुर शाहीले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया