काठमाडौं । काठमाडौंमा जारी नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत सभापति पदको मतगणना भइरहेको छ। मतगणनामा सभापतिका पाँच उम्मेदवारमध्ये शेरबहादुर देउवा र शेखर कोइराला मुख्य प्रतिस्पर्धी देखिएका छन्।

निर्वाचन समितिका अनुसार अहिलेसम्म आधाभन्दा बढी मतगणना सकिएको छ।यो गणनामा देउवाले अग्रता कायमै राखेका छन्। देउवालाई कोइरालाले पछ्याइरहेका छन्।मंगलबार बिहान ४ बजेदेखि सभापतिको मतगणना सुरू गरिएको छ। मतगणनामा सुरुवाती अग्रता देउवाकै छ।

महाधिवेशनमा ४ हजार ७ सय ४३ जना मतदातामध्ये ४ हजार ६ सय ७९ ले मत खसालेका छन्। सभापतिमा विजयी हुन कम्तिमा २३४० मत आवश्यक पर्छ।कांग्रेस सभापतिमा निर्वाचित हुन कुल खसेकोमध्ये ५० प्रतिशतभन्दा बढी मत आवश्यक पर्छ। यो प्रतिस्पर्धा कायमै रहे पहिलो चरणमा सभापति पदमा कसैले पनि नजित्ने देखिन्छ।

कोइरालासहितका सभापतिका अन्य चार उम्मेदवारको मत जोड्दा देउवा पछाडि छन्।त्यसो हुँदा दोस्रो चरणमा मतदान गर्नुपर्ने हुन्छ। पहिलो चरणमा सबैभन्दा बढी मत ल्याउने दुई उम्मेदवार दोस्रो चरणमा भिड्छन्। कम ल्याउने उम्मेदवारले जसलाई सहयोग गर्छन् उही सभापति निर्वाचित हुने छ।

कसले कति मत पाए ?

हालसम्मको गणनाः ३१८१

शेरबहादुर देउवा स् १५०६
शेखर कोइराला स् ११७८
प्रकाशमान सिंहस् २५४
विमलेन्द्र निधिस् १७३
कल्याण गुरुङ स् १५

तपाईको प्रतिक्रिया