चितवन । एमसीसीको विरोध गर्दै भोलिका लागि आब्हान गरिएको चितवन बन्द सफल बनाउन भन्दै निकालिएको मसाल जुलुसमा प्रहरीले हस्तक्षेप गरेको छ । नारायणगढको लायन्सचोकमा सोमबार साँझ एमसीसी खारेजी अभियान संयुक्त संघर्ष समिति चितवनले बन्दको आब्हान गर्दै मसाल जुलुसको निकाल्न खोजेको थियो । सो क्रममा प्रहरीले आन्दोलनकर्ताको मसाल खोसेको छ ।मसाल जुलुस निकाल्न नपाएपछि उनिहरुले एमसीसीको बिरोधमा केहीबेर चर्को नाराबाजी गरे । उनिहरुले लायन्सचोकदेखि शहिदचोकसम्म ¥याली समेत निकाले ।

एमसीसी खारेजी अयिभान संयुक्त संघर्ष समिति चितवनले एमसीसी खारेजीको माग गर्दै भोलि चितवन वन्दको आब्हान गरेको  छ । १३ वटा राजनीतिक दलको समर्थनमा बन्द आब्हान गरिएको दाबी संघर्ष समितिको छ । संघर्ष समितिका सचिव अजीव पौडेलले बन्दमा माधव कुमार नेपाल नेत्तृत्वको नेकपा एकिकृत समाजबादरी र विप्लव नेतृत्वको नेकपा लगायतका १३ दलको समर्थन आफुहरुलाई रहेको बताए । उनले बन्द गर्नु आफुहरुको रहर नभई बाध्यता भएको बताए । बन्दका दिन शैक्षिक संस्था,कलकारखाना,बजार र यातायात बन्द रहने पौडेलले जानकारी दिए ।

एमसीसी राष्ट्रको हितमा नरहेको र देशलाई अमेरिकाको जिम्मा लगाउने योजनाका साथ नेताहरु प्रयोग भइरहेको पौडेलले बताए । चितवन प्रशासनले भने भोलि जिल्लामा सबै क्षेत्र निर्वाद रुपमा संचालन हुने भन्दै वन्द गराउँदै हिडे गिरफ्तार गरिने जनाएको छ ।

 

तपाईको प्रतिक्रिया