×

काठमाण्डौ ।  नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि आज मतदान हुँदैछ ।मतदानका लागि समयमा नै महाधिवेशन प्रतिनिधि मतदानस्थलमा पुगे पनि मतदानमा भने ढिलाइ भइरहेको छ ।प्रतिनिधिहरू बिहान ८ बजेदेखि नै लामबद्ध भएका छन् । उनीहरु उत्साहित भएर बिहानैदेखि लाइनमा बसे पनि समयमा नै मतदान सुरु नहुँदा निराश भएका छन् ।

बिहान ८ बजेदेखि नै सुरु हुने मतदान अझै सुरु हुन सकेको छैन । मतदानस्थलमा मत पत्र नपुगेकाले ढिलाइ भएको कांग्रेसको केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।लाइनमा उभिएका मतदातासँग उम्मेदवारहरु भोट माग्न व्यस्त छन् । मतदानस्थल भृकुटीमण्डपको सुरक्षा व्यवस्था कडा पारिएको छ ।

तपाईको प्रतिक्रिया