काठमाण्डौ – नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा सभापति पदमा ६ जनाको उम्मेदवारी परेको छ ।उपसभापतिमा सात जनाको उम्मेदवारी परेको छ । त्यस्तै महामन्त्रीमा ६ जना, सहमहामन्त्रीमा २० जनाको उम्मेदवारी परेको कांग्रेसको केन्द्रीय निर्वाचन समितिले जनाएको छ । संस्थापन समूहबाट सभापतिमा शेरबहादुर देउवा उम्मेदवार हुनुहुन्छ भने संस्थापन इतर समूह विभाजित भएको छ ।

यो समूहबाट प्रकाशमान सिंह र डा। शेखर कोइराला प्यानलसहित मैदानमा उत्रिएका छन् । त्यस्तै, विमलेन्द्र निधिले पनि प्यानलसहित उम्मेदवारी दर्ता गराउनुभयो । कल्याण गुरुङ र युवराज न्यौपाने पनि सभापतिको उम्मेदवार बन्नुभएको छ । केन्द्रीय कार्यसमितिको १ सय ३४ पदका लागि ५ सय ४८ जना उम्मेदवार छन् ।

आइतवार बिहान ११ बजेसम्म उम्मेदवारी फिर्ताको समय छ । कांग्रेस निर्वाचन समितिका अनुसार त्यसपछि उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ । भोलि सोमवार बिहान ८ बजेदेखि मतदान सुरु हुने छ । भृकुटीमण्डप, राष्ट्रिय सभा गृह र महेन्द्र पुलिस क्लबमा मतदानको व्यवस्था मिलाइएको छ ।मतदान मतपत्र मार्फत गर्नुपर्ने छ । महाधिवेशनमा महाधिवेशन प्रतिनिधिको सङ्ख्या ४ हजार ७४३ रहेको निर्वाचन समितिले जनाएको छ ।

यस्तो छ, उम्मेदवारहरुको प्रथम नामावली

Candidates list 1st list 2078.08.25 12.20pm

तपाईको प्रतिक्रिया