×

गैँडाकोट । नवलपरासी (पूर्व)को गैँडाकोटमा रहेको अक्सफोर्ड कलेज अफ ईन्जिनीयरीङ्ग एण्ड म्यानेजमेन्टले अन्तराष्टिय अवार्ड हात पारेको छ ।स्वीजरल्याण्डमा मुख्य कार्यालय रहेको युरोपीयन सोसाइटी फर क्वालीटि रिसर्च (ESQR ) युरोपेली संस्थाले “द क्वालीटि एचिभमेन्ट अवार्ड २०२१” बाट अक्सफोर्ड कलेजलाई सम्मान गर्न लागेको हो ।

कलेजमा आज आयोजित पत्रकार सम्मलेनमा प्रिन्सिपल हरि भण्डारीले यहि डिसेम्वर ११ मा दुवईमा आयोजना हुने एक विशेष समारोहमा कलेजलाई उक्त अवार्ड प्रदान गर्ने कार्यक्रम रहेको जानकारी दिनुभयो ।पदक वितरण समारोहमा सहभागि हुन प्रिन्सिपल हरि भण्डारीको नेतृत्वमा १६ सदस्यीय टोलि शुक्रबार दुवई प्रस्थान गर्ने कार्यक्रम छ । यसअघि पनि अक्सफोर्ड कलेजले विभिन्न अन्तराष्टिय अवार्डहरु प्राप्त गर्दै आफ्नो उचाईलाइ कायमै राख्न सफल भएको छ ।

साे  पदक प्राप्त गर्ने अक्सफोर्ड कलेज अफ ईन्जिनीयरीङ्ग एण्ड म्यानेजमेन्ट गैँडाकाेट नेपालकै पहिलाे संस्था भएकाेले साे अवार्ड कलेजकाे मात्र नभई समग्र देशकै गरिमासँग जाेडिएकाे समेत कलेजले जनाएकाे छ । अक्सफोर्डले प्राप्त गरेकाे अवार्डबाट नेपाल र नेपालीहरुले पनि विश्वसामु नेपालीहरु पनि आफ्नाे क्षमता प्रयाेग गर्दै उत्कृष्ट व्यवस्थापन, सफल नेतृत्व र गुणस्तर कायम गर्न सक्षम छन् भन्ने कुरा प्रमाणित भएकाे छ ।

युरोपीयन सोसाइटी फर क्वालीटि रिसर्चले संसारभरका कम्पनी, सार्वजनिक प्रशासन र अन्य संस्थाहरुको गुणस्तर सम्वन्धी चेतना अभिबृद्धि गर्ने, गुुणस्तरबाट छानिएका संसारभरका संस्थाहरुलाई सम्मान तथा पुरस्कृत गर्ने, असल व्यवसायीक कृयाकलापहरु, प्राविधिक नवपर्वद्धन गुणस्तर रणनितिलाई प्रचारप्रसार गर्ने कार्य गर्दछ ।

तपाईको प्रतिक्रिया