गैँडाकोट । नन्दन सामुदायिक वन उपभोक्ता समूह गैँडाकोटको अध्यक्षमा बालकृष्ण गौडेल ११ मतले विजयी भएका छन् । आज भएको निर्वाचनमा गौडेलले ४ सय २८ मत प्राप्त गरे भने अर्का उम्मेदवार डिलाराम सापकोटाले भने ४ सय १७ मत प्राप्त गरेको निर्वाचन समिति संयोजक ईन्द्रराज ज्योति पौडेलले जानकारी दिए ।
आज भएको मतदानमा कुल ९ सय २८ मत खसेको थियो जसमध्ये ८३ मत बदर भएको पौडेलले बताए ।समूहमा १४ सय ३६ जना मतदाता रहेका थिए । यसअघि अध्यक्ष बाहेकका सबैपदमा सर्वसम्मत समिति चयन भएको थियो । अध्यक्षमा सहमति हुन नसकेपछि आज मतदान भएको हो ।
नेपाली काँग्रेस, नेकपा एमाले र राष्टिय जनमोर्चाका साझा उमेदवार डिलाराम सापकोटालाई पराजित गर्दै काँग्रेसबाट बागी उमेदवार बनेका गौडेल विजयी भएका हुन् ।
यसअघि समूहको उपाध्यक्षमा बालकृष्ण शर्मा रिजाल, सचिवमा कमला शर्मा, कोषाध्यक्षमा वेलप्रसाद पौडेल र सहसचिवमा तेजेन्द्र चालिसे सर्वसम्मत चयन भएका छन् । यसैगरी सदस्यहरुमा मेघनाथ अधिकारी, माधव चालिसे, तुलिमाया रानामगर, तुमनाथ लामिछाने, भीमप्रसाद शर्मा, सीता सुवेदी, रस्मिता प्रधान, ओमकुमारी राना, रेवती दर्जी, डिला शर्मा सुवेदी रहेका छन् । लेखा समितिको संयोजकमा पूजा शर्मा पौडेल, सदस्यमा रुद्रमणि वन र छविलाल सुवेदी सर्वसम्मत चयन भएका थिए ।
सबै पदमा कुल ६३ जनाले उम्मेदवारी दिएका थिए । सबैजसोले सहमतिका लागि गरिएको छलफल पश्चात उम्मेदवारी फिर्ता लिएका थिए ।

तपाईको प्रतिक्रिया