×

गैँडाकोट । नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्र्तगत नवलपुरमा महाधिवेशन प्रतिनिधिमा चुनाव लडेका तीन गाँउपालिकाका प्रमुख पराजित भएका छन् ।
हुप्सेकोट गाँउपालिकाका प्रमुख लक्ष्मीदेवि पाण्डे, विनयीत्रिवेणी गाउँपालिकाका प्रमुुख डम्मर जिसी र बौदीकाली गाँउपालिकाका प्रमुुख दुर्गाबहादुर रानाले महाधिवेशन प्रतिनिधिमा चुुनाव हारेका हुन् । जिल्लाको गैँडाकोट नगरपालिकाकी उपप्रमुुख विष्णु कुमारी कंडेल भने महाधिवेशन प्रतिनिधि बन्न सफल भएकी छिन् ।

 

तपाईको प्रतिक्रिया