×

नवलपुर । नेपाली काँग्रेस नवलपुर क्षेत्र नं. १ को जारी मतगणनामा अहिलेसम्म ७०० मतगणना सम्पन्न भएको छ । सभापति पदका उमेदवार अमृत भट्टचनले ३९२ मत प्राप्त गर्दै १०५ मतको अन्तर बनाउनु भएको छ । उहाँका प्रतिष्पर्धी कमलप्रसाद पराजुलीको २८७ मत आएको छ ।

क्षेत्रीय सचिवमा अमृत श्रेष्ठ र शालिकराम सापकोटा अगाडी छन् उनिहरुले क्रमश :३७० र ३४५ मत ल्याएका छन् । त्यसैगरी सचिवकै उमेदवार दाताराम घिमिरे र शिवलाल सापकोटाले २९६ र ३०१ म्त ल्याएका छन् । सहसचिवमा तेजप्रसाद घिमिरे र टिकाराम सापकोटा अग्रस्थानमा छन् उनिहरुको मत क्रमश : ३५० र ३४६ रहेको छ ।

 

तपाईको प्रतिक्रिया