×

नवलपुर  । नेपाली काँग्रेसको आसन्न १४ औं महाधिवेशन अन्तर्गत नवलपुरको प्रतिनिधि सभा क्षेत्र नं १ मा ११५१ मत खसेको छ ।
दलदलेको साहारा पार्टी प्यालेसमा भएकाे अधिवेशनमा  ११५१ मत खसेको मतदान अधिकृत चुडामणि शर्माले जानकारी दिनुभयो ।
क्षेत्र नं। १ मा कुल मतदाता १ हजार १ सय ६२ रहेका छन् ।मतगणना राति ८ वजेबाट सुरु गरिने तयारी छ । क्षेत्रिय सभापतिमा अमृत भट्टचन र कमल पराजुली प्यानलसहित चुनावी मैदानमा छन् ।

अमृत भट्चन नेतृत्वको प्यानलबाट सचिवमा युवा नेता दाताराम घिमिरे र शालिकराम सापकोटाले उम्मेदवारी दिएका छन् । सहसचिवमा टिकाराम सापकोटा र प्रदिपकुमार मग्मी रहेका छन् । कमल पराजुली नेतृत्वको प्यानलबाट सचिवमा अमृतकुमार श्रेष्ठ र शिवलाल सापकोटाले उम्मेदवारी दिएका छन् । सहसचिवमा तारानाथ अधिकारी, तेजप्रसाद घिमिरेले उम्मेदवारी दिएका छन् ।

 

तपाईको प्रतिक्रिया