गैँडाकोट । नेपाली काँग्रेसका युवा नेता तथा क्षेत्रीय सभापति पदका उमेदवार अमृत भट्टचनले पार्टि भित्रको सिन्डिकेट अन्त्यका लागि आफुुले उमेदवारी दिएको बताउनुभएको छ । सिमित ब्यक्ति र केहि झुण्डले काँग्रेसभित्र ठेकेदारी गरेको भन्दै उहाँले त्यसैको अन्त्यका लागि आफ्नो उमेदवारी रहेको बताउनुभयो ।
आफु जनताको मान्छे भएको भन्दै मंगलबारको मतदानबाट त्यो पुष्टी हुने भट्टचनको दावी छ । मैले ग्राउण्डमा विश्वास गर्छु उँहाले भन्नुभयो : पार्टिलाई थप बलियो बनाउन प्रतिनिधिहरुले मलाई नै रोज्नुहुनेछ ।काँग्रेसकै नेताहरुले आफ्नो स्वार्थका लागि कार्यकर्ताहरुलाई विभाजन गरेको भन्दै युवा नेता भट्टचनले त्यसले काँग्रेसलाई कमजोर बनाउने बताउनुभयो ।
उज्यालोखवर सँग कुरा गर्दै नेता भट्टचनले पटक पटक विपी पुत्रलाई यसक्षेत्रबाट जिताएको भएपनि उहाँलाई सिमित मान्छेले घेरेको भन्दै सो घेरा नतोडिएसम्म पार्टि वलियो हुन नसक्ने बताउनु भयो । क्षेत्रीय सभापति पदका अर्का प्रत्यासी कमल प्रसाद पराजुलीलाई उज्यालोले पटक पटक सम्पर्क गरे पनि उनि सम्पर्कमा आएनन् । भोलि हुन गैरहेको नेपाली काँग्रेसको क्षेत्रीय अधिवेशनमा ११ सय बढि प्रतिनिधिहरुले मतदान गर्ने कार्यक्रम छ ।