×

नवलपुर । गैँडाकोट १३ बेल्डिया बजारमा रहेको गैरे पार्टी प्यालेस एण्ड रिसोर्टको आईतबार उद्घाटन गरिएको छ ।एक करोड ५० लाखको लगानीमा गैरे पार्टी प्यालेस एण्ड रेष्टूरेण्ट संचालनमा ल्याईएको हो । गैरे पार्टी प्यालेस एण्ड रेष्टूरेण्टका सञ्चालक डोलराज गैरेले पार्टी प्यालेसको उद्घाटन गर्नुभएको हो । कार्यक्रममा बोल्दै उहाँले युवाहरु व्यावसायिक क्षेत्रमा लाग्न आवश्यक रहेको बताउनुभयो ।

वैदेशिक रोजगारमा जानुभन्दा स्वदेशमा नै केही गर्ने उद्देश्यले पार्टी प्यालेस सञ्चालन गर्न लागेको गैरे पार्टी प्यालेस एण्ड रेष्टूरेण्टका संचालक हरी गैरेले बताउनुभयो । गैरेले पार्टी प्यालेस भने यहि पुस ४ गतेबाट सुरु हुने बताउनुभयो । सुरुवाती अवस्थामा ५० प्रतिशत छुट्को व्यवस्था गरिएको उहाँले बताउनुभयो ।

कार्यक्रममा देवचुली नगरपालिकाका नगर प्रमुख पूर्णकुमार श्रेष्ठ, कृष्ण गैरे लगायतले मन्तव्य राख्दै शुभकामना व्यक्त गर्नुभयो । गैरे टेण्ट हाउस एण्ड क्याटरिङ्ग सर्भिस कावासोती, दलदले, अमरापुरी, गैँडाकोटमा सञ्चालनमा ल्याएको छ ।

तपाईको प्रतिक्रिया