×

सुस्मा न्यौपाने
गैँडाकोट । नेकपा माओवादी केन्द्र गैँडाकोटले नगरका १३ वटा वडामा आज नेतृत्व चयन गर्दैछ । देशभरका ६ हजार ७४३ वडामा नेतृत्व छनौट गर्ने कार्यक्रम अन्तर्गत  जिल्लाको गैँडाकोट नगरपालिकामा पनि आज नयाँ नेतृत्व चयन हुन लागेको नेकपा माओवादी केन्द्रले जनाएको छ ।

नेकपा माओवादी केन्द्र गण्डकी प्रदेश सचिवालय सदस्य धनप्रसाद सापकोटाले नगरको वडा नं. ६, ७, ९, १२ र १८ बाहेक अरु सबै वडामा आज नेतृत्व छनौटको कार्यक्रम तय भएको उज्यालो खबरलाई जानकारी दिनुभयो ।ति वडाहरुमा आवश्यक तयारी पुरा नभएकोले आज नेतृत्व चयनको कार्यक्रम गर्न नसकिएको हो ।

नेकपा माओवादी केन्द्रले वडामा पाँच पदाधिकारी सहित २९ सदस्यीय कमिटी चयन गर्नेछ । अध्यक्ष, उपाध्यक्ष, सचिव, कोषाध्यक्ष र सहसचिव सहित २९ सदस्यीय कमिटी चयन हुनेछन् । २० प्रतिशत युवा, १५ प्रतिशत दलित र ३५ प्रतिशत महिला सहभागिता अनिवार्य गरेको पार्टिले जनाएको छ । वडा कमिटीको कार्यकाल २ वर्षको हुनेछ ।

तपाईको प्रतिक्रिया