×

नवलपुर । नवलपुरमा नेकपा एमालेको १० ओैं महाधिवेशन लक्ष्यित प्रचारप्रसार तिब्र पारिएको छ । चितवनमा यही मंसिर १० देखि १२ गते सम्म हुन गइरहेको महाधिवेशन केन्द्रीत गरेर प्रचारप्रसार तिब्र पारिएको एमाले नवलपुर प्रचार बिभाग प्रमुख यमुनाथ आचार्यले बताउनुभयो ।
नेकपा एमालेको दशौं अधिवेशनलाई प्रचार प्रसारलाई तिब्रता दिन बिहिवार कावासोतीमा एमाले प्रचार बिभागको बैठक बसि महाधिवेशनलाई सफल पार्न प्रचारप्रसारलाई व्यवस्थित बनाउने निर्णय समेत गरेको छ ।

भेलाले नेकपा एमाले नवलपुर जिल्ला प्रचार विभाग प्रमुख यमुनाथ आचार्य र बुद्धि सागर पोख्रेल  सहसंयोजक रहेको १६५ सदस्य नेकपा एमाले १० औं महाधिबेशन प्रचार प्रसार समिति गठन गरेको छ । समितिमा प्रेस चौतारीका सम्पुर्ण सदस्यहरु, नेकपा एमाले भातृसंगठनका जिल्ला पदाधिकारी, निर्वाचित वडा अध्यक्षहरु र पालिका पदाधिकारी पदेन सदस्य रहेको सहसंयोजक पोख्रेलले जानकारी दिनुभयो ।
एमाले नवलपुर प्रचार बिभाग प्रमुख यमुनाथ आचार्यका अनुसार चितवनमा हुने महाधिवेशनमा नवलपुरबाट मात्रै ६० हजार कार्यकर्ता उतार्ने तयारी गरिएको छ ।संयोजक आचार्यका अनुसार गैंडाकोटबाट १५ हजार ,देवचुलीबाट १५ हजार , कावासोतीबाट १० हजार , मध्यविन्दुबाट ८ हजार, विनयीत्रिवेणीबाट ४,हुप्सेकोटबाट ३ हजार ,बौदिकालीबाट ३हजार र बिनयीत्रिवेणीबाट ३ हजार कार्यकर्ता उतार्ने तयारी भएको आचार्यले बताउनुभयो ।
एमालेको दशौ अधिवेशनमा भित्ते लेखन र पर्चा पम्प्लेटहरुलाई निषेध गर्ने जनाउदै आएको छ । एमालेको दशौं राष्ट्रिय अधिवेशन आगामी मंसिर १० देखी १२ गते सम्म चितवनमा हुने भएको छ

तपाईको प्रतिक्रिया