×

गाेविन्द घिमिरे

नवलपुर । १० औं राष्ट्रिय कर दिवस नवलपुरमा मनाइएको छ । “स्वेच्छिक कर सहभागितामा अभिबृद्धि, सुशासन विकास र समृद्धि” भन्ने नाराका साथ प्रभातफेरी तथा अन्तरकृयाको आयोजना गरि १० औं राष्ट्रिय कर दिवस मनाइएको हो । साे अवसरका नवलपुरमा संस्थागत तर्फ बढि रजश्व तिर्ने इन्फिनिटी लघुवित्तलाई सम्मान गरिएको छ ।प्रभातफेरी पछि आयोजित कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी मनमाया पंगेनीले सम्मानपत्रले इन्फिनिटी लघुवित्तलाई सम्मान गर्नुभयो ।

त्यसैगरी उत्कृष्ट कार्यसम्पादन गरेको भन्दै आन्तरिक राजश्व कार्यालयका कर्मचारी कमलराज बराललाई समेत सम्मान गरियाे । प्रमुख जिल्ला अधिकारी पंगेनीले सबै व्यवसायीहरु करको दायरामा नआएको भन्दै उनिहरुलाई करको दायरामा ल्याउन कार्यालयले जोड गर्नुपर्ने बताउनुभयो । कर किन तिर्ने ? समयमै कर तिर्दा के फाईदा हुन्छ ? भन्ने जस्ता विषयमा चेतना फैलाउनुपर्नेमा उहाँले जोड दिनुभयो ।

कार्यक्रममा बाेल्दै आन्तरिक राजस्व कार्यालय(नवलपरासी वर्दघाट सुस्ता पूर्व)का प्रमुख टेक बहादुर अर्यालले केहिदिनमै कार्यालयले बजार अनुगमनलाई प्रभावकारी ढंगले सञ्चालन गर्ने बताउनु भयो । अर्यालले करदाता शिक्षालाई मुख्य प्राथमिकतामा राखेर कार्यालय अघि बढ्ने बताउनु भयो ।

उहाँले करकाे दायरमा आउन सबैसँग आग्रह गर्दै कर तिर्नु नागरिकको दायित्व भएको भन्दै कार्यालयले समयमै कर तिरि जरिवानबाट बच्न सुझाव दिनुभयाे ।  कार्यक्रम आन्तरिक राजस्व कार्यालय(नवलपरासी वर्दघाट सुस्ता पूर्व)का प्रमुख टेक बहादुर अर्यालको अध्यक्षतामा सम्पन्न भएको थियो ।

 

तपाईको प्रतिक्रिया