×

नवलपुर । पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरुद्ध नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले मंगलबार नेपाल बन्दको घोषणा गरेको छ । नेपाल बन्दको पूर्वसन्ध्यामा साँझ विभिन्न ठाँउमा मसाल जुलुस निकालिएको छ ।

वन्द सफल बनाउन विप्लव नेतृत्वको नेकपाले देशभर पर्चा छरेको छ । बन्दको अवज्ञा गर्नेविरुद्ध कडा रुपमा प्रस्तुत हुने चेतावनी दिइएको छ । मूल्यवृद्धि विरुद्ध पार्टीको आन्दोलनमा साथ दिन सबैलाई विप्लव नेतृत्वको नेकपाले अपिल गरेको छ ।

नेपाल आयल निगमले खाना पकाउने ग्यासमा ७५ रुपैयाँ र डिजेल तथा पेट्रोलमा ३–३ रुपैयाँ मूल्य बढाएको थियो । निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरे लगत्तै नेकपाले ६ दिने देशव्यापी आन्दोलनका कार्यक्रम घोषणा गरेको थियो । सोही कार्यक्रम अन्तर्गत नै भोलि नेपाल बन्दको आह्वान गरिएको हो ।

तपाईको प्रतिक्रिया