×

चितवन । नेकपा एमाले कालिका नगरपालिकाको अध्यक्षमा केशव लामा सर्वसम्मत निर्वाचित भएका छन । नगर अधिवेशनबाट लामाको अध्यक्षतामा नयाँ कमिटी चयन गरिएको हो ।

यस्तै कमिटीको उपाध्यक्षमा दिपक लामिछाने,सचिवमा सुदर्शन अधिकारी,उपसचिवमा रुदल चौधरी र सरस्वती सापकोटा सर्वसम्मत निर्वाचित भएको एमाले चितवनकी जिल्ला अध्यक्ष पार्वती रावलले जानकारी दिइन् । यो संगै जिल्लाका सबै पालिकामा सर्वसम्मत नेतृत्व चयन भएको उनले बताइन् ।

तपाईको प्रतिक्रिया