×

चितवन । चितवनका पत्रकार एबम् संरक्षणकर्मी अपिल घिमिरेले नेपाली कांग्रेस परित्याग गरेको जनाएका छन् । उनले कांग्रेसमा रहन नसक्ने भन्दैं कांग्रेस छाडेको जनाएका छन् ।पत्रकार महासंघ चितवनको सदस्यसमेत रहेका घिमिरेले पेशागत र संरक्षणको काममा लाग्ने भन्दैं कांग्रेस छाडेको जनाएका छन् ।

‘म सबैको साझा मान्छे हुन चाहान्छु, सबैसँग सहकार्य गरेर अघि बढ्न चाहान्छु, कुनै एउटा पार्टीमा तत्काल नरहने निष्र्कषमा पुगेर कांग्रेस छाडेको हो’ घिमिरले भने, ‘भोली कहि कत्तै केही विचार र आस्था मिल्यो भने सोचौंला तत्काललाई कुनै पार्टीमा रहन्न ।’

उनी पश्चिम चितवनको पार्वतीपुरमा रहेको रेडियो प्रभावका स्टेशन म्यानेजरसमेत हुन् । विषेश गरी वातावरण र गैंडाको संरक्षणमा उनले विभिन्न अभियानहरु पटिहानी क्षेत्रमा चलाउँदै आएका छन् । निकुञ्ज तथा मध्यवर्ती क्षेत्रमा घुम्न जाने पर्यटकहरुले फाल्ने प्लाष्ट्रिक तथा सिसाहरु फाल्न रोक लगाउने तथा फालेको ठाँउमा गएर संकलन गर्ने काममा घिमिरे खटिदै आएका छन् ।

तपाईको प्रतिक्रिया