×

चितवन । सुरक्षित वचत तथा ऋण सहकारी संस्थाको निर्वाचनबाट अध्यक्षमा ओमप्रसाद लामिछाने निर्वाचित भएका छन् । शुक्रवार दिउँसो सम्पन्न अन्तिम मत परिणाम अनुसार अध्यक्षमा निर्वाचित लामिछानेले निकटतम प्रतिद्धन्द्धी हरि भण्डारीलाई ३८ मतान्तरले पराजीत गरेका हुन् ।

निर्वाचनमा नेकपा एमाले र नेकपा माओवादी केन्द्र तथा नेपाली काग्रेश,एकिकृत समाजवादी पार्टीले छुट्टाछुटै प्यानल वनाएका थिए । एकिकृत समाजवादीले उम्मेदवारी नदिए पनि काग्रेश निकटका उम्मेदवारलाई मत दिन ह्वीप जारी गरेको थियो । अध्यक्षमा निर्वाचित ओम लामिछानेले कुल खसेको मतमा ६१४ मत प्राप्त गरे भने निकटतम प्रतिद्धन्द्धी हरि भण्डारीले मत ५७६ मत प्राप्त गरेको निर्वाचन समिति संयोजक द्रोण प्रसाद लामिछानेले जानकारी दिए ।

उपाध्यक्षमा दिपक लामिछाने ७०५ र उनका प्रतिद्धन्द्धी भीम प्रसाद खनालले ४७० मत प्राप्त गरेका थिए । त्यस्तै सचिवमा लालु प्रसाद दाहालले ६६२ तथा उनकाप्रतिद्धन्द्धी विद्याधर वास्तोलाले ५१७ मत प्राप्त गरे । कोषाध्यक्षमा कविता न्यौपानेले ६२६ मत पाउँदा उनका प्रतिद्धन्द्धी जितेन्द्र वाग्लेले ५०९ मत पाए ।

सहकारीको संचालक समिति सदस्यहरुमा शिशिर सिंखडा ६९८ मत, खेमलाल अधिकारीले ६०१,टंक वहादुर थापा ५९० मत,मेघ प्रसाद पन्त ५६४ मत,गोमा आचार्य घिमिरे ५६१ मत,कृष्ण प्रसाद भट्ट ५६१ मत र चन्द्र प्रसाद लामिछानेले ५४१ मत प्राप्त गरी विजयी भएका निर्वाचन समिति संयोजक लामिछानेले जानकारी दिए ।

त्यस्तै गरि सदस्य पराजीत भएका किशोर अधिकारीले ४९० मत,गणेश प्रसाद रेग्मीले ४६४ मत,जयलाल कडेंल ४४२ मत,नर वहादुर घर्ती ५३१ मत,पुरुषोतम कडेंल ४२८ मत, विन्दा कुमारी खनाल ४९५ र शर्मिला लामिछानेले ५०१ मत प्राप्त गरेका थिए । सहकारीको लेखा समिति संयोजकमा एमाले र माओवादी प्यानलका विष्णु मणि लामिछानेले ५९९ मत प्राप्त गरि विजयी भए ।

उनका निकटतम प्रतिद्धन्द्धी रामकृष्ण लम्सालले ४६९ मत प्राप्त गरे । लेखा समिति सदस्यहरुमा होम प्रसाद भट्टले ५९३ मत र वुद्धि बोम्जनले ५६२ मत ल्याई विजयी भएका छन् ।सदस्य पदका निकटतम प्रतिद्धन्द्धी कृष्णराज लामिछानेले ४४२ र युवराज खतिवडाले ५०६ मत प्राप्त गरेका थिए ।

संचालक समिति सदस्यमा काग्रेश निकटका टंक प्रसाद थापा विजयी भएका हुन् भने अन्य सवै उम्मेदवार एमाले र माओवादी निकटका हुन् । निर्वाचनमा १३६३ मत खसेको थियो ।

तपाईको प्रतिक्रिया