×

चितवन ।नेपाल कम्युनिष्ट पार्टी(एमाले) माडी नगर कमिटीको अध्यक्षमा नारायणप्रसाद अधिकारी सर्वसम्मत निर्वाचित हुनुभएको छ । नेकपा एमाले वाग्मती प्रदेश कमिटी सदस्य एवम् माडी नगर अधिवेशन सहजीकरण कार्यदलका संयोजक सरस्वती बिष्टले दिएको जानकारी अनुसार अधिकारको अध्यक्षतामा ४ जना सदस्य पछि थप गर्ने गरी ७१ सदस्यीय माडी नगर कमिटी निर्वाचित गरिएको हो ।

नगर कमिटीको उपाध्यक्षमा रामेश्वर चौधरी र सचिवमा श्रीप्रसाद दवाडी निर्वाचित हुनुभएको छ भने उपसचिवमा पूर्णकला सुनार र मोहदत्त काफ्ले निर्वाचित हुनुभएको छ । निर्वाचित नगर कमिटीलाई २६ गते शुक्रबार सपथ गराउने कार्यक्रम रहेको संयोजक बिष्टले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया