×

चितवन । नेकपा एमाले भरतपुर महानगर कमिटीको अध्यक्षमा शंकर थपलिया चयन भएका छन । यसअघि महानगरकमिटी सचिव रहेका थपलियालाई अध्यक्ष सर्वसम्मत अध्यक्ष चयन गर्ने निर्णय गरिएको हो ।

यस्तै कमिटीको सचिवमा टिकाराम सुवेदी चयन भएका छन । उनि पूर्व माओवादी समूहबाट सचिवमा चयन भएका हुन् । उपाध्यक्ष पद खाली राखिएको छ । पछि मनोनित गर्नेगरी खाली राखिएको एमाले भरतपुर महानगर कमिटी इन्चार्ज देवी ज्ञवालीले  जानकारी दिए ।

यस्तै उपसचिवमा निशा अधिकारीलाई चयन गरिएको छ । एक उपसचिव पद खाली राखिएको छ । महानगर कमिटी ११७ सदस्सीय चयन गरिएको हो । अझै केही पदमा सल्लाहा, परामर्श र सहमती गर्नुपर्ने भएका कारण खाली राखिएको ज्ञवालीले बताए । महानगर कमिटीको आजै औपचारिक घोषणा गर्ने तयारी गरिएको छ । भोलि पार्टीका केन्द्रिय नेताहरुको उपस्थितिमा सपथ गराउने एमाले चितवनले जनाएको छ । महानगर कमिटी अधिवेशनको एमाले अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गरेका थिए ।

तपाईको प्रतिक्रिया