×

नवलपुर  । नवलपुरको दुम्कौलीमा रहेको नेपालका अर्बपति ब्यापारी बिनोद चौधरीको चौधरी उद्योगको मुल गेटमा स्थानीयले लगाएको ताला खुलेको छ ।

मंगलबार बिहान देवचुली २ का स्थानीयहरुले उद्योगका कारण प्रदुषण बढेर आसापासमा बस्नै नसकिएको भन्दै चौधरी उद्योगको मुल गेटमा तालाबन्द गरेपछि देवचुली नगरपालीकाका नगरप्रमुख पुर्णकुमार श्रेष्ठको रोहबरमा स्थानीय र उद्योग प्रशासन बीच सहमती भएपछि ताला खुलेको सीएचआर प्रमुख रामचन्द्र धितालले उज्यालाे खबरलाई बताउनु भयाे ।

करीब ३ घण्टा लामो वार्ता पछि उद्योग भित्र वैकल्पीक रुपमा मात्र प्रयोग हुदै आएको १० टनको भुसे व्वाइलरमा आएको प्राबिधिक त्रुटीले समस्या देखिएको र उक्त १० टनको भुसे व्वाइलर प्राविधिक रुपमा पुर्ण रुपमा मर्मत नभए सम्म संञ्चालनमा नल्याउने सहमति भए पछि स्थानीयहरुले ताला खोलिदिएका हुन । भुसे व्वाइलर प्राविधिक रुपमा पुर्ण रुपमा मर्मत भए नभएको अनुगमन देवचुली वडा नम्बर २को वातावरण समितिले गर्ने सहमतीमा उल्लेख छ ।

दुम्कौलीमा रहेको चौधरी उद्योगले चाउचाउ,स्न्याक्स, रियो, बियर र चुरोट उत्पादन गर्दै आएको छ । कारखाना संचालनका लागि चलाइने ब्वाइलरमा धानको भुसवाट आगो लगाउने गरेका कारण धुलो उडेर आसापासमा बस्नै नसक्ने अवस्था भएकाले स्थानिय बिरोधमा उत्रिएका थिए ।

तपाईको प्रतिक्रिया