नवलपुर । किसान बचत तथा ऋण सहकारी संस्थाले गैँडाकोट नगरपालिका वडा नं. ११ हर्कपुरमा २४ औं सेवाकेन्द्र उद्घाटन गरेको छ । समृद्ध सदस्य दिगो परिकल्पनाका साथ २४ औ सेवाकेन्द्रको आज एक समारोहका विच उद्घाटन गरिएको किसान बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष श्रीहरी चालिसेले जानकारी दिनुभयो । कार्यक्रमका प्रमुख अतिथि गैँडाकाेट नगरपालिका वडा नं ११का अध्यक्ष गोविन्द सुवेदीले रिवन काट्दै खुत्रुकेमा पैसा राखेर सेवाकेन्द्रकाे उद्घाटन गर्नुभयाे ।
सेवाकेन्द्र व्यवस्थापन उपसमितिका संयोजक माधव कोइरालाको अध्यक्षतमा भएको कार्यक्रममा संस्थाका अध्यक्ष चालिसेले स्वागत मन्तव्य राख्दै सेवाकेन्द्र स्थापनाको उदेश्यमाथि प्रकाश पार्नुभएको थियो ।सेवाकेन्द्र उद्घाटन समारोहका गैँडाकोट नगरपालिका वडा नं. १० का अध्यक्ष देवीदत्त कंडेल, १३ का अध्यक्ष पदमलाल पौडेल सहित ५० भन्दा बढि संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
सेवाकेन्द्र स्थापनाको अवसरमा मन्तव्य राख्दै संस्थाका अध्यक्ष श्रीहरी चालिसेले यहि वर्ष नै ३० वटा सेवाकेन्द्र पुर्याउने लक्ष्य रहेको बताउनु भयो ।एशीयाली ऋण महासंघबाट गुणस्तरीय चिन्ह प्राप्त गर्न सफल किसान साकोसले विगत २५ वर्षदेखि निरन्तर सेवा प्रदान गर्दै आएको छ ।
नवलपुर सहित तीनवटा जिल्लामा सेवा उपलव्ध गराउँदै किसानका ७५ हजारभन्दा बढि सदस्यहरु छन् । सामाजिक उत्तरदायित्व अन्तर्गत जेष्ठ नागरिक सम्मान, युवा सम्मान, महिला शसक्तीकरण, सिपमुलक तालिम लगायतका किसानका कामहरु समाजमा लोकप्रिय छन् ।